close

सुर्खेतमा मतगणनाको समय तोक्न सर्वदलीय बैठक बस्दै

सुर्खेतमा मतगणनाको समय तोक्न सर्वदलीय बैठक बस्दै

Trulli
ADVERTISEMENT

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ को मतगणनाका लागि सर्वदलीय बैठकको  तयारी गरिएको छ ।   

आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपेटिका मतगणना स्थलमा आइसकेको प्रमुख निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । यसका लागि मतगणनाको स्थल वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभा हलमा तोकिएको छ ।

यस्तै, सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ को मतगणना भने टुङ्गो लाग्न सकेको छैन । 

आइतबार सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मत पेटिकामा फरक मतपत्र फेला परेपछि स्थगित भएको थियो ।

सुर्खेत १ का मतदान अधिकृत वीरेन्द्रनगरमा हुने सर्वदलीय बैठकमा सहभागी हुन आउँदै गरेको र वीरेन्द्रनगर पुगेपछि स्थगित सिम्ता बहुमुखी मतदान केन्द्रमा मतदान कहिले गर्ने भन्नेबारे पनि छलफल हुने प्रमुख निर्वाचन अधिकारी चालिसेले बताए ।