close

काठमाडौँ क्षेत्र नं ३ र ६ को मतगणना सुरु

काठमाडौँ क्षेत्र नं ३ र ६ को मतगणना सुरु

Trulli
ADVERTISEMENT

काठमाडौँ क्षेत्र नं ३ र ६ को मतगणना सुरु भएको छ । क्षेत्र नं ३ मा बिहान नौ बजेदेखि मतगणना सुरु भएको हो । 

यस्तै, क्षेत्र नं ५ को मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले बताइन्  ।

यो क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे, नेकपा (एमाले) का कृष्णबहादुर राईसहित विभिन्न दल र स्वतन्त्र गरी २३ उम्मेदवार प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन् ।

उता क्षेत्र नं ६ मा भने नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन् । 

त्यस्तै केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतका उम्मेदवार रहेका छन् ।