close

निर्वाचनको पहिलो परिणाम मुस्ताङ्वाट काँग्रेसका कान्छा उम्मेदवार गौचन विजयी

निर्वाचनको पहिलो परिणाम मुस्ताङ्वाट काँग्रेसका कान्छा उम्मेदवार गौचन विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । आईतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको पहिलो परिणाम सार्वजनिक भएको छ । हिमाल पारीको जिल्ला मुस्ताङवाट पहिलो परिणाम सत्तारुढ दल नेपाली काँग्रेसको पोल्टामा परेको छ ।

 प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजय भएका छन् । प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९सय ९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । तुलाचनलाई गौचनले ९ सय १४ मतको अन्तरले हराएका हुन् । 

प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । एमालेका तुलाचन २०७४ मा निर्वाचित भएका निवर्तमान सांसद हुन् । 

उनी ५ वर्षअघि कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका थिए । तर उनी यस पटक नेपाली काँग्रेसका सबैभन्दा कान्छा उम्मेदवार २९ बर्षिय योगेश गौचन थकालीसँग् पराजित बनेका छन् ।  निर्वाचनको परिणाम आफ्नो पक्षमा आएसँगै कांग्रेस समर्थकको भीडले विजय जुलुस निकालीरहेका छन् । 

निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी रहेको छ । एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो । यस निर्वाचनमा तुलाचनले उम्मेदवार हुन नचाहेको तर जितेपछि मन्त्री बनाइदिने पार्टी नेतृत्वले आश्वासन दिएकाले उम्मेदवारी दिएको बताइएको थियो । मुस्ताङमा ७ हजार २सय ३० मत खसेको थियो ।