close

एमाले अध्यक्ष ओलीको क्षेत्र झापा–५को मतगणना शुरु

एमाले अध्यक्ष ओलीको क्षेत्र झापा–५को मतगणना शुरु

Trulli
ADVERTISEMENT

काठमाण्डौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ को मतगणना सुरू भएको छ ।

दमक नगरपालिका कार्यालयमा मतगणना सुरु भएको हो । अहिले नगरपालिकाको मतगणनास्थलभित्रका विभिन्न सात स्थानमा गणना भइरहेको छ ।  

जिल्ला निर्वाचन आयोग झापाले तीन दिनभित्र प्रत्यक्षतर्फको परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ ।

ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा खगेन्द्र पाण्डव अधिकारी छन् । जो ५ बर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पराजित बनेका थिए ।