close

उपेन्द्र यादवको भन्दा सिके राउतको शुरुवाती चरणमा दोब्बर मतले अग्रता

उपेन्द्र यादवको भन्दा सिके राउतको शुरुवाती चरणमा दोब्बर मतले अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं। सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीले सुरुवाती अग्रता लिएको छ ।  जनमत पार्टीका अध्यक्ष सिके राउत  र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको एउटै निर्वाचन क्षेत्र भएकाले निकै चासोको रुपमा हेरिएको छ । 

जनमत पार्टीका अध्यक्षसमेत रहेका चन्द्रकान्त (सीके) राउत प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा दोब्बर मतले अगाडि रहेका छन् । अहिलेसम्म गनिएको मतमा राउतले १०२० मत ल्याएका छन् । 

एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले ४५२ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ३०८ मत ल्याएका छन् ।

सप्तरी–२ जनमत पार्टीका अध्यक्ष राउतको गृहनगर समेत हो । यसअघि स्थानीय तह चुनावमा जनमत पार्टीले सप्तरीका २ वटा स्थानीय तहमा जित हात पारेको थियो। त्यसरी नै सप्तरी दुईको दुबै प्रदेशसभा सदस्य निर्वाचनमा पनि जनमत पार्टीका उम्मेदवारले नै शुरुवाती अग्रता लिएका छन् ।