close

काठमाडौँ–९ मा एमालेका श्रेष्ठको अग्रता

काठमाडौँ–९ मा एमालेका श्रेष्ठको अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ सुरुवाती अग्रता लिएका छन् । श्रेष्ठले पाँच सय ६४ मतसहित अग्रता लिएका हुन्  । 

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले पाँच सय ६१सहित मतले पछ्याइरहेका छन् ।  

नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले तीन सय ४५, नेपाल मजदुर किसान पार्टीका सुमन महर्जनले दुई सय ६० र राष्ट्रिय प्रजातन्त्र पार्टी देवेन्द्र प्रधानले दुई सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पूजा खत्रीले बताइन्। उनका अनुसार यस्तै चुनाव चिह्न पैतालाले एक सय २० र लौरोले २३ मत प्राप्त गरेको छ । दिउँसो १ बजेसम्म भएको दुई हजार दुई सय ८६ मतगणनामा ९६ मत बदर भएको छ ।