close

गगनको अग्रता कायमै, पछ्याउँदै राजन

गगनको अग्रता कायमै, पछ्याउँदै राजन

Trulli
ADVERTISEMENT

काठमाडौं । ५ बर्ष अघि देखिका चिर परिचित प्रतिद्धन्दि काँग्रेस महामन्त्री गगन कुमार थापा र एमाले नेता राजन भट्टराईबिच भएको चुनाबी भिडन्तमा गगनले अग्रता कायम गरेका छन् ।

मतगणनाको शुरुवातदेखि नै लिड गरीरहेका गगनले अहिलेसम्म पनि निरन्तर अग्रता बढाईरहेका छ भने उनका निकटतम प्रतिद्धन्तिका रुपमा रहेका राजनले उनलाई पछ्याईरहेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायमै राखेका छन्। अहिलेसम्म थापाले १हजार ३सय ५७ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ९सय४७ मत ल्याएका छन्। गगन ४१० मतसहित अग्रता कायमै राखेका छन् ।

बूढानिलकण्ठ वडा नम्बर १ र २ को मत गणना गरिएको हो।यहाँ राप्रपाले १३३, स्वतन्त्र खुकुरी चिन्ह ५४ र लौरो चिन्हबाट ४३ मत आएको छ । अन्यत्रको गणना जारी छ ।

अहिलेसम्म २ हजार ७ सय ५ मत गनिएको छ ।यस अघि २०७४ सालको निर्वाचनमा पनि राजन गगनसँग पराजित भएका थिए ।

यद्यपी अहिलेसम्मको नतिजा प्रारम्भीक भएकाले र मतगणनाको पनि शुरुवाती चरण भएकाले यसै भन्न सक्ने अवस्था भने छैन ।