close

काठमाडौँ–२ मा मतगणना सुरु

काठमाडौँ–२ मा मतगणना सुरु

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं २ मा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रत्यक्ष र समानुपातिकको एकैपटक मतगणना गर्ने तयारीका लागि समय लागेकाले दुई बजेपछि मात्र मतगणना सुरु भएको निर्वाचन अधिकृत विमला रेग्मीले बताए । अहिले यो क्षेत्रकाे चार ठाउँमा मतगणना भइरहेको छ ।

सिन्धुपाल्चोकसँग सीमा जोडिएका काठमाडौँका विकट बस्ती पनि पर्ने यो क्षेत्रमा शङ्खरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९, काठमाडौँ महानगरपालिकाका वडा नं ९ र ३२ पर्छन् ।

यो क्षेत्रमा पूर्वसभामुख ओनसरी घर्ती सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी छिन् । यसैगरी नेकपा (एमाले) का तर्फबाट मणिराम फुयाँल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कुन्तीकुमारी पोखरेल उम्मेदवार छन् ।