close

गोरखामा पुन मतदान गर्न एमालेको माग

गोरखामा पुन मतदान गर्न एमालेको माग

Trulli
ADVERTISEMENT

गोरखा । नेकपा एमालेले गोरखाका केही मतदान केन्द्रमा पुन मतदान गर्न माग गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै एमालेलगायत केही साना दलले पुन मतदानको माग गरेको हो । 

गोरखाको निवार्चन क्षेत्र नम्बर २ का सात वटा मतदान केन्द्रमा धाँधली भएको आरोप उनीहरुले लगाएका छन् । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को उम्मेदवारी रहेको छ । उनीसँग नेकपा एमालेबाट अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी उम्मेदवारी दिएका छन् । 

गोरखा क्षेत्र नम्बर २ मा मतगणनाको लागि विहान १० बजे सर्वदलीय बैठक सुरु भएको थियो । तर पनि मतगणना हुन सकेको छैन ।