close

पर्वतमा पनि मतगणना सुरु

पर्वतमा पनि मतगणना सुरु

Trulli
ADVERTISEMENT

पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना अपराह्न ४ः३० बजेदेखि सुरु भएको छ ।

प्रतिनिधिसभाका एक प्रदेशसभा दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार दुई सय ७३ मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ एक लाख २२ हजार छ सय ४९ जना मतदाता छन् । निर्वाचनमा ५४ प्रतिशत मात्रै मत खसेको कार्यालयले जनाएको छ ।

पर्वतमा सत्तारूढ गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार मैदानमा छन् । पर्वतमा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।