close

महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

महोत्तरी –३ मा स्वतन्त्र उम्मेदवार अगाडि

Trulli
ADVERTISEMENT

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार ५०८  मत प्राप्त गरेर अग्र स्थानमा छन् ।

मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार ५०८मत प्राप्त गरेका हुन् ।

गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत पाएका छन् ।