close

दार्चुलामा गठबन्धन अगाडी

दार्चुलामा गठबन्धन अगाडी

Trulli
ADVERTISEMENT

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता रहेको छ ।

ब्यास गाउँपालिका १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले तीन हजार चार सय ४७ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना तीन हजार एक सय ९५ मत पाएका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर (१) मा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका विक्रमसिंह धामीले तीन हजार नौ सय १४ मत ल्याएर अग्रता कायमै रहेको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार हरदेव जोशी दुई हजार छ सय ७६ मतले पछि परेका छन् ।

अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका १, २, ३, ४, ५ र ६ वडा का मत गणना सम्पन्न हुँदा प्रदेशसभा (२) मा गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामीले मत चार हजार पाँच सय ४७ ल्याएर अग्रता लिएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट उम्मेदवार रामदत्त जोशीले चार हजार तीन सय ५३ मत ल्याएका छन् ।