close

काठमाडौँं क्षेत्र नम्बर १० मा नेपाली काँग्रेसको अग्रता कायम

काठमाडौँं क्षेत्र नम्बर १० मा नेपाली काँग्रेसको अग्रता कायम

Trulli
ADVERTISEMENT

काठमाडौँं । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा  प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रता कायम गरेका छन् । पछिल्लो मतगणनाको परिणामअनुसार चार हजार आठ सय एक मतसहित अग्र स्थानमा छन् । 

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीक प्रदीप विष्टले पछ्याउँदै आएका छन् । विष्टले हालसम्म तीन हजार तीन सय ७८ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का हिमेस केसीले दुई हजार आठ सय ८२ मत प्राप्त गरेका छन् ।

 मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार अहिलेसम्म १६ हजार आठ सय १५ मत गणना सकिएको छ । ती मध्ये छ सय ९९ मत बदर भएको छ । निर्वाचनमा ५३ हजार छ सय ४५ मत खसेको थियो । उक्त क्षेत्रमा १८ दलका र तीन  स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।