close

बैतडीमा एमाले अग्रता, माओवादी दोस्रो

बैतडीमा एमाले अग्रता, माओवादी दोस्रो

Trulli
ADVERTISEMENT

बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का दामोदर भण्डारीको अगाडी छन् ।

सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गरेका र्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए ।

उनलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले तीन हजार २९ मतका साथ पछ्याइरहेका छन् । बैतडीमा प्रतिनिधिसभाकाे एउटा मात्र क्षेत्र छ । 

यस्तै,  प्रदेशसभा ९१० मा सात हजार तीन सय मतगणना हुँदा एमालेका सुरेन्द्र पालले दुई हजार तीन सय ३६ मत प्राएका छन् । उनको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुई हजार एक सय ६३ मत पाएका छन् । यसैगरीनेपाली कांग्रेसका वीरबहादुर बिष्टले एक हजार तीन सय ३६ मत पाएका छन् ।

यस्तै, प्रदेशसभा (२) मा भने कांग्रेस अगाडि छ । आठ हजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले तीन हजार नौ सय ६० मत ल्याउँदा नेकपा एमालेका लीलाधर भट्टले तीन हजार आठ सय ७० मत पाएका छन् ।