close

काँग्रेसका महामन्त्रीद्धय थापा र शर्मा विजयी

काँग्रेसका महामन्त्रीद्धय थापा र शर्मा विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं  । नेपाली काँग्रेसका महामन्त्री द्धय गगन कुमार थापा र विश्वप्रकाश शर्मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । थापा काठमाडौं  क्षेत्र नं ४ र शर्मा झापा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् ।

कांग्रेस महामन्त्री गगन थापा करिब साढे ७ हजारको मतान्तरले काठमाडौं–४ बाट विजयी भएका छन् । एमालेका राजन भट्टराईमाथि हावी हुँदै थापाले सहज जित निकालेका हुन् । थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थिए ।

यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो । थापाले नेकपा एमालेका नेता राजन भट्टराई र शर्माले एमाले नेता अग्नि खरेललाई पराजित गरेका हुन् । थापा सोही क्षेत्रवाट यसअघि पनि भट्टराईलाई पराजित गरेर सांसदका रुपमा प्रतिनिधिसभा प्रवेश गरेका थिए ।

तर शर्मा भने पहिलो पटक प्रतिनिधिसभामा पुग्दैछन् । यी दुई युवा नेताको विजयले काँग्रेस मात्रै नभएर राष्ट्रिय राजनीतिमा निकै चर्चा बटुलेको छ । काँग्रेसको १४ औ महाधिवेशनवाट महामन्त्रीमा निर्वाचित थापा र शर्मा दुवै युवा रहेको र हक्की स्वभावका भएकाले पनि उनीहरुको जितमा धेरै जनाले खुसी मनाईरहेका छन् ।

अझ काँग्रेस महामन्त्री थापाले त प्रधानमन्त्रीका रुपमा आफुलाई अघि सारी सकेकाले उनको चर्चा झन् चुलिएको छ । यता चुनावी नतिजामा युवाहरुको वर्चस्व भईरहेको अवस्थामा यी दुई युवा महामन्त्रीको जितलाई चासोका साथ हेरिएको छ ।