close

फराकिलो मतान्तरले गगन थापाले जिते

फराकिलो मतान्तरले गगन थापाले जिते

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो मतान्तरले जित हात पारेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।

भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे । 

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।

तर जितको औपचारिक घोषणा हुन भने बाँकी छ ।