close

सप्तरी प्रदेश नम्बर २ मा जनमत पार्टीका यादव विजयी

सप्तरी प्रदेश नम्बर २ मा जनमत पार्टीका यादव विजयी

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२)मा जनमत पार्टीका महेशकुमार यादव विजयी भएका छन् । उनले १३ हजार तीन सय २५ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उमेशकुमार यादवले सात हजार २३ मत पाएका छन् । 

मतान्तर बढाउँदै सिके राउत

प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले मतान्तरले अग्र स्थानमा छन् । पछिल्लो मतगणनाअनुसार उनले १३ हजार सात सय ५९ मतसहित अगाडि छन् ।

उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले छ हजार नौ सय ५१ मतसहित पछ्याइरहेका छन्। सत्ता गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले दुई हजार आठ सय ५७ मत पाएका छन् । 

हालसम्म २५ हजार चार सय ३९ मतगणना भएकामा एक हजार तीन सय ३७ मत बदर भएको र २४ हजार एक सय दुई मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मत खसेको छ । अब ३९ हजार एक सय २१ मत गन्न बाँकी छ ।