close

डडेलधुरामा मतान्तर घटाउँदै सागर ढकाल

डडेलधुरामा मतान्तर घटाउँदै सागर ढकाल

Trulli
ADVERTISEMENT

डडेलधुरा । डडेलधुराबाट स्वतन्त्र उम्मेदवार सागर ढकालले मतान्तर घटाएका छन् । 

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहाद्र देउवाले आठ हजार ४५८ मत पाउँदा ढकालले पाँच हजार १९१ मत पाएका छन् । 
तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेसका बिपिका कर्ण मल्लले दुई हजार ५८३ मत पाएका छन् । 

ढकालले फेसबुकमा स्टाटसमा दुर्गमका बाकसको मतगणना सक्किँदै जाँदा मतान्तर घट्दै गएकाे लेखेका छन् । उनले फेसबुकमा पछिल्लो मत परिणाम सार्वजनिक गरेका हुन् । 

उनले यस्तो लेखेका छन् :

दुर्गमका बाकसहरु कम हुन थाले सुगमका बाकस बढि। मतान्तर कम हुन थाल्यो। अब सचेत डडेल्धुराबासिको बाकस गनिदै छ। चितवन र यहाँ उस्तै हुँदै छ। 
गणना -  १९५८३
शेरबहादुर देउवा (नेपाली काँग्रेस)–८४५८
सागर ढकाल (स्वतन्त्र)–५१९३
कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)–२५८३
 हलो – ३७४