close

कञ्चनपुरमा तीन पूर्वमन्त्रीको अग्रता कायमै

कञ्चनपुरमा तीन पूर्वमन्त्रीको अग्रता कायमै

Trulli
ADVERTISEMENT

कञ्चनपुर । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा प्रतिनिधिसभातर्फ तीन पुर्व मन्त्रीले अग्रता कायमै राखेका छन् । निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक तीन हजार छ सय ८७ मतसहित अग्रस्थानमा छन् । 

सत्ता गठबन्धनका उम्मेदवार उनले गणना सुरु भएयता आफ्नो अग्रतालाई बढाउँदै लगेका हुन्  । १६ हजार एक सय ८७ मत गणना हुँदा लेखकले आठ हजार तीन सय ७५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की निरुदेवी पालले चार हजार छ सय ८८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उता क्षेत्र नं २ मा नेपाली कांग्रेसका नारायणप्रकाश साउदको अग्रता कायम छ । आठ हजार छ सय ९८ मत गणना हुँदा उनले तीन हजार चार सय ४८ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर धामीले तीन हजार दुई सय ८९ मत पाएका छन् । 

त्यसैगरी निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका तारा लामा तामाङ गणनाको सुरुवातदेखि अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनले दुई हजार दुई सय १७ मत ल्याउँदा उनका निकटतम प्रतिस्प्रर्धी सत्ता गठबन्धनका उम्मेदवार एवं पूर्वमन्त्री बिना मगरले एक  हजार पाँच सय ७५ मत पाएकी छिन् ।