close

झापा ५ मा एमाले अध्यक्ष ओली अग्रता कायम

झापा ५ मा एमाले अध्यक्ष ओली अग्रता कायम

Trulli
ADVERTISEMENT

झापा । नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम गरेका छन् । उनी मतगणनाको सुरुवातबाटै अग्र स्थानमा छन् । 

अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मतसहित पहिलो स्थानमा छन् । उता गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत पाएका छन्। 

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–१ मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका छन् । प्रारम्भिक परिणाम अनुसार उनले नौ सय ८१ मत पाउँदा गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत पाएका छन् । 

झापा–५ (२) मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि छन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत पाएका छन् ।