close

नेपालगञ्ज उपमहानगरपालिका पूर्वमेयर राणा अब प्रतिनिधिसभामा

नेपालगञ्ज उपमहानगरपालिका पूर्वमेयर राणा अब प्रतिनिधिसभामा

Trulli
ADVERTISEMENT

बाँके । बाँके निर्वाचन क्षेत्र नं २ मा राप्रपाका महामन्त्री एवं पूर्व नगरप्रमुख डाक्टर धवलशम्शेर राणा विजयी भएका छन् ।

एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका सुदीप नरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख भएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो ।

क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए । बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका यादव निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले–राप्रपा) गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन् ।

जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत पाउँदा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाएका छन् ।

बाँके २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो । बाँके २(२) बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका निरक गुरुङले छ हजार सात सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले छ हजार दुई सय ४६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।