close

बागलुङ १ मा मतान्तर बढाउँदै चित्रबहादुर केसी

बागलुङ १ मा मतान्तर बढाउँदै चित्रबहादुर केसी

Trulli
ADVERTISEMENT

बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै राखेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा आज बिहान ८ बजेसम्म हालसम्म ३० हजार एक सय ४६ मत गणना सकिएको छ । 

जसमा  लोकतान्त्रिक गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका केसीले १२ हजार ४०० मत पाएका छन् । उनलाई नेकपा (एमाले)का डा सूर्यप्रसाद पाठकले १० हजार आठ सय ८२ मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पाँच हजार दुई सय ४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले चार सय २९, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले ५५ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले एक सय २५ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टका अनुसार हालसम्म एक हजार ३४ मत बदर भएको छ ।