close

जनताले चुनेका राजेन्द्रकुमार केसी

जनताले चुनेका राजेन्द्रकुमार केसी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन्। यससँगै उनी तेस्रो पटक सो क्षेत्रबाट विजयी भएका हुन् । 

६४ वर्षीय केसी गठबन्धन बाहिर रहेर चुनावमा होमिएका थिए । चौध हजार चार सय ५८ मतसहित विजयी भएका केसीले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हिमेस केसीलाई दुई हजार छ सय ७२ मततान्तरले पछि पारेका हुन् ।
 
उनले भने 'मैले यसअघि गरेको राम्रो कामले मतदाताको विश्वास जितेका कारण तेस्रो पटक पनि विजयी भएको छु । आममतदाताप्रति यो विश्वासका लागि धन्यवाद दिन चाहन्छु । म निष्पक्ष र  निष्कलङ्क भएर काम गर्न चाहन्छु ।'

लामो समय राजनीतिक एजेन्डामा काम गरेको र अब आर्थिक विकासका लागि काम गर्ने केसीले बताए । 'मुलुकको एजेन्डा आर्थिक विकास हो । समृद्धको यात्रा नै मेरो एजेन्डा हो,' उनले भने । 

कीर्तिपुर ६, चोभारको स्थायी बासिन्दा उनले संविधानसभा सदस्यको निर्वाचन २०७० देखि संसदीय यात्रा सुरु गरेका उनी पहिलो पटक काठमाडौँ १० बाट नै निर्वाचित भएका हुन् । केसी दोस्रो पटक ०७४ सालमा  यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनाका साथै सोही वर्ष युवा तथा खेलकुदमन्त्री बनेका थिए । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर चर्चामा आउनुभएका केसी पहिलो संविधानसभा सदस्यको निर्वाचनमा प्रचण्डसँगै पारजित भएका थिए ।

 स्नातकोत्तरसम्म अध्ययन अध्ययन गरेका केसीले राजनीतिक यात्रा विसं २०३० बा६ गरेका थिए । उनकाे राजनीतिक यात्रा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो । विसं २०४६ देखि  पार्टीगत राजनीतिमा सक्रिय हुँदै केसी २०५१ र ०५६ सालमा कांग्रेसको क्षेत्रीय सभापति बने ।  चार पटकसम्म कांग्रेस महासमिति सदस्य भएका उनी कृषि चुन उद्योगको बोर्ड अफ डाइरेक्टर, हिमाल सिमेन्टको बोर्ड सदस्य र ल्याबोरेटरी विद्यालयको सञ्चालक समितिमा आबद्ध भएका थिए ।