close

अध्यक्ष दाहाल गाेरखाबाट दाेब्बर मतले निर्वाचित

अध्यक्ष दाहाल गाेरखाबाट दाेब्बर मतले निर्वाचित

Trulli
ADVERTISEMENT

गाेरखा । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले निर्वाचित भएका छन् ।  आज बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर चुनेका हुन् ।

 

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कूल १२ हजार छ सय ३७ मत प्राप्त गरेका थिए। दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा छन्।

 

उनले सात हजार तीन सय ९३ मत प्राप्त गरेकाे सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । गोरखा क्षेत्र नम्बर २ मा कूल ५३ हजार नौ सय ७८ मत खसेको थियो ।