close

भक्तपुर क्षेत्र नं १ मा सुवाल र २ मा थापा निर्वाचित

भक्तपुर क्षेत्र नं १ मा सुवाल र २ मा थापा निर्वाचित

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल करिब तेब्बरभन्दा बढी मतले निर्वाचित भएका छन् । उनी निकतम् प्रतिद्धन्दी नेकपा एमालेका नवराज गेलाललाइ ३० हजार ९२६ मतले पछि पार्दै सो क्षेत्रबाट पुन: निर्वाचित भएका हुन् । 

सुवालले ४२ हजार ७६० मतसहित सो क्षेत्रबाट निर्वाचित भएका हुन् । नेकपा एमालेका गेलालले ११ हजार ८३४ मत पाएका छन् । राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् ।


भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । उनी निकतम् प्रतिद्धन्दी नेकपा एमालेका महेश बस्नेतलाई ९५९ मतले पछि पार्दै विजयी भएका हुन् । थापाले २४ हजार २ सय ३८ मत पाउँदा बस्नेतले २३ हजार २सय ७५ मत पाएका थिए ।