close

मकवानपुरमा पहिलो पटक राप्रपाको अग्रता

मकवानपुरमा पहिलो पटक राप्रपाको अग्रता

Trulli
ADVERTISEMENT

मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंहले पहिलो पटक अग्रता लिएका छन् । 

उनी आफ्ना निकतम् प्रतिद्धन्दीसँग २८ मतले अग्रता लिएका हुन् । हालससम्म गणना भएको ७९ हजार ७ सय ५५ मतगणनामा राप्रपाका सिंहले २३ हजार ३ सय ५८ मत पाएका छन् । 

सत्ता गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३ सय ४० मत ल्याएकी छिन् । यस्तै सूर्य चुनाव चिन्ह लिएर उम्मेदवार भएका कमल थापाले २२ हजार ६ सय ५८ मत ल्याएका छन्। सो क्षेत्रमा मतगणना जारी छ ।