close

चौथाेँ पटक सांसद बने कांग्रेसका कोइराला

चौथाेँ पटक सांसद बने कांग्रेसका कोइराला

Trulli
ADVERTISEMENT

नवलपरासी । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन् । 

नेकपा एमालेका कृष्णप्रसाद पौडेललाई दुई हजार ८२ मत पछि पार्दै उनी विजयी भएका हुन् । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा एमालेका पौडेलको २५ हजार ४४ मत पाएका थिए । 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।