close

सिन्धुली निर्वाचन क्षेत्र–१ मा कांग्रेसका घिमिरे विजयी

सिन्धुली निर्वाचन क्षेत्र–१ मा कांग्रेसका घिमिरे विजयी

Trulli
ADVERTISEMENT

प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उनले जित हात पारेका हुन् ।

निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मतमात्र पाएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले बताए ।

विसं २०७४ मा भएको निर्वाचनमा सिन्धुली क्षेत्र–१ को ९२० मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गरेका थिए । दुवै प्रतिस्पर्धी एकै गाउँपालिकाका वासिन्दा हुन् । कटुवाल तीनपाटन गाउँपालिका वडा नं ११ र घिमिरे वडा नं १ वासी हुन् ।

यस्तै २ हजार ६९२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरी तेस्रो भइन् । राप्रपाका शालीग्राम माझी ९४० मत पाए । सिन्धुली–१ मा १ लाख ७ हजार १३६ मतदाता रहेकोमा ६३ हजार २९६ मत खसेको थियो ।