close

मोरङ निर्वाचन क्षेत्र नं ४ बाट माओवादीका माेदी निर्वाचित

मोरङ निर्वाचन क्षेत्र नं ४ बाट माओवादीका माेदी निर्वाचित

Trulli
ADVERTISEMENT

मोरङ  । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी  भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकाललाइ करिब छ हजार मतान्तरले   पछि पार्दै उनी निर्वाचित भएका हुन् ।  एमालेका  ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२)बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए।