close

धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

Trulli
ADVERTISEMENT

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट  प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुलीकुमारी महतो तेस्रो पटक पुनःनिर्वाचित भएकी छिन् । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार ३३ हजार तीन सय ८८ मतसहित उनी निर्वाचित भएकी हुन् ।

पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उनी निर्वाचित भएकी हुन् ।  यस अघि उनी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी थिईन्।
  
तीन दशकदेखि राजनीतिमा क्रियाशील उनले  संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भयो ।  संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन् । संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा पराजित भएकी थिइन् । २०७४ मा पुनः समानुपातिक सदस्य निर्वाचित भइन्।
 
जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उनको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहेकी उनलाई २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आइन् । एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बनिन् ।