close

पाल्पा–१ बाट एमालेका आचार्य निर्वाचित

पाल्पा–१ बाट एमालेका आचार्य निर्वाचित

Trulli
ADVERTISEMENT

पाल्पा। पाल्पा–१ बाट नेकपा एमालेका उम्‍मेदवार नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै उनि निर्वाचित भएका हुन् ।

आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा कांग्रेसका गाहाले २० हजार २५६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।यस्तै, स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार ८६३ मत पाएका छन् ।

पाल्पा–१ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो । जसमध्ये १ हजार ४०७ मत बदर भएको छ ।