close

सर्लाहीबाट राजेन्द्र महतोको पराजय निश्चित

सर्लाहीबाट राजेन्द्र महतोको पराजय निश्चित

Trulli
ADVERTISEMENT

सर्लाही क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवको जित निश्चित देखिएसँगै लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको हार पनि निश्चित देखिएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गरी यादव विजयी हुन लागेका हुन्।

अब ८ सय ८९ मत मात्र गन्न बाँकी छ। तर, दुई हजार भन्दा बढी मतान्तर महतोको देखिएकाले बाँकी सबै मत महतोलाई गए पनि उनको जित असम्भव देखिएको हो । 

यस क्षेत्रमा जम्मा ७२ हजार ३६ मत खसेको थियो। जसमध्ये ७१ हजार १४७ मत गणना भैसकेको छ। जसमा रायले २२ हजार ६ सय ४१ मत ल्याउँदा महतोले २० हजार १ सय ६२ मत पाएका छन्।

नेकपा एमालेका राजनरायण साहले १४ हजार ३ सय ८३ मत ल्याए ।