close

घोडाघोडी नगरपालिकामा तालाबन्दी

घोडाघोडी नगरपालिकामा तालाबन्दी

Trulli
ADVERTISEMENT

कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी भएको छ ।

शनिबार राति प्रमुख प्रशासकिय अधिकृतको सरकारी आवासमा मदिरा सेवन गरी बितन्डा मच्चाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेको हो ।

मादक पदार्थ सेवन गरी सरकारी क्वाटरमा तोडफोड गरेको लगायत ४ बुँदे माग राख्दै तालाबन्दी गरेका हुन्। गिट्टी वालुवा टेन्डर नगरी मनोमानी गरेको, त्यसबाफत रकम असुल गरेको,नगरपालिकामा भ्रष्टाचार बढाएको उनीहरुले आरोप लगाएका छन् । 

कार्यपालिका बैठक चलिरहेका बेला नगरपालिकामा तालाबन्दी गरिँदा कर्मचारी र जनप्रतिनिधि भित्रै थुनिएका छन् ।