close

सुकुम्बासीकाे महानगर कार्यालयमा प्रदर्शन

सुकुम्बासीकाे महानगर कार्यालयमा प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको थापाथलीका सुकुम्बासीहरु काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् । सुकुम्बासीहरुले  
डोजर आतंक बन्द गर भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका हुन् ।  प्रदर्शनकारीहरुले बालेन शाह राजिनामा दे , उचित विकल्पसहित व्यवस्थापन गर जस्ता नारा लगाएका छन् ।

उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन् । अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक  सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो ।

तर उनीहरुले अटेर  गर्दै आएपछि  महानगरले  समितिको समन्वयमा सोेमबार डोजर लिएर सुकुम्बासी बस्ती खाली गराउन पुगेको थियो ।सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियो ।