close

मेयर स्वरोजगार कार्यक्रमबाट ५० प्रतिशत युवालाई समेट्दै शिवराज सरकार

मेयर स्वरोजगार कार्यक्रमबाट ५० प्रतिशत युवालाई समेट्दै शिवराज सरकार

Trulli
ADVERTISEMENT

 कपिलवस्तु  । शिवराज नगरपालिकाले ५० प्रतिशत युवालाई रोजगार दिने भएकाे छ । नगरपालिकाले ७ औं कार्यपालिका बैठकबाट मेयर स्वरोजगार कार्यविधि पारित गरेसँगै ५० प्रतिशत युवालाई रोजगार दिन लागेकाे हाे ।

 नगरपालिका भित्रका युवालाई आत्मनिर्भर बनाउनका लागि साे कार्यविधि पारित गरिएकाे प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।

 नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि प्रारित गरि मेयर स्वरोजगार कार्यक्रम लागु गरिएको शिवराज नगरपालिकाका मेयर अजय थापाले जानकारी दिए ।

शिवराज नगरपालिका भित्र संचालनमा रहेका उद्योगहरुले आफना उद्योगमा शिवराज नगरपालिका भित्र रहेका ५० प्रतिशत युवाहरुलाई रोजगार दिनु पर्ने कार्यविधि प्रारित गरिएको थापाले बताए । अन्य पालिका भन्दा शिवराजमा नगरपालिकामा साना ठुला गरि ३० भन्दा बढी उद्योग संचालनमा रहेको उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले बताए ।

 नगरपालिका भित्र सञ्चालनमा रहेका उद्योगहरुकाे लागि चाहिने जनशक्ति अन्य मूलुकबाट ल्याउन बाध्य भएकाे एमालेका नेता तथा शिवराजका नगर सचिव शरद अधिकारीले बताए ।उनका अनुसार  नेपालमा रहेका जनशक्ति अन्य मूलुकमा श्रम रोजगारमा जाने बाध्य भएपनि साे कार्यविधि लागू भएसँगै वैदेशिक राेजगारी जाने अन्त्य हुने विश्वास उनकाे छ ।  

मेयर थापाले शिवराज नगरपालिकामा धेरै कलकारखाना र उद्योग भएको हुनाले यस क्षेत्रका प्रविधियुक्त र दक्ष र अदक्ष युवाहरूले रोजगार पाउने बताए ।कार्यपालिका सदस्य तथा वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले कार्यविधि राम्रो भएको र यसले नगरमा राम्रो सन्देश जाने भएकोले समर्थन गरिएको बताए ।