close

सडकमा सहयोगापेक्षीको उद्धार कार्यलाई गलत प्रचार गरियो- महानगर प्रहरी बल

दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको हो । उनी सडकमा चुरोट तथा गुट्खा लगायतका बस्तु विक्री गरिरहेका थिए ।

Trulli
ADVERTISEMENT

काठमाडौं। सडकबाट अपाङ्गता भएका व्यक्तिलाई महानगरले पक्राउ गर्यो भनेर प्रकाशन भएको समाचारप्रति ध्यानाकर्षण भएको काठमाडाैं महानगरपालिकाकाे महानगर प्रहरी बलले बताएको छ । 

दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको हो । उनी सडकमा चुरोट तथा गुट्खा लगायतका बस्तु विक्री गरिरहेका थिए । 

विषयमा जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे भन्छन्, ‘सडकमा भएका सहयोग पेक्षीहरुलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्ने गरेका छौँ । स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनःमिलन गराउने काम गरिरहेका छौँ । कार्कीलाई महानगर प्रहरी बलको गाडीमा राख्नुको उद्देश्य पनि त्यही हो । यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो । यस्तो प्रचार गलत हो । हामी मानवीयताको सहर बनाउने अभियानअन्तर्गत सडक सहयोगापेक्षीहरुको व्यवस्थापन गरिरहेका छौँ । कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो ।’

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भान्जाका जिम्मामा छाडिएको थियो । आश्रममा जान नमान्ने उनी आज पनि चुरोट, गुट्खा लगायत बस्तु विक्री गर्न सडकमै निस्किएका छन् । अहिले नगर प्रहरीले उनलाई आश्रममा जानका लागि सम्झाइ बुझाइ गरिरहेको छ ।  

सडकमा अनधिकृत व्यापार गर्नेलाई पक्राउ गरेपछि विवरण खडा गर्ने गरिन्छ । प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना एकाइका प्रमुख नगरप्रहरी निरीक्षक राजनकुमार कार्कीका अनुसार उनको कुनै पनि विवरण खडा गरिएको छैन ।