close

तौल बढाउन पाठालाई संगिनी सुई !

तौल बढाउन पाठालाई संगिनी सुई !

Trulli
ADVERTISEMENT

गुल्मी । धुर्कोट गाउँपालिकामा पाठाको तौल बढाउन महिलाले प्रयोग गर्ने संगिनी सुई लगाउने गरेको पाइएको छ । पालिकामा पाठाको तौल बढाउनको लागि महिलामा प्रयोग गरिने गर्भनिरोधक संगिनी सुई लगाउन गरेको पाइएको हो । 

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ को वाग्लामा सो सुई लगाइएको पाइएको हो । गाउँपालिकाको अनुसार केही बोके पाठामा सोही वडामा निजी सेक्टरमा रही पशु प्राविधिक तथा ग्रामीण पशु कार्यकर्ताहरुले नियम विपरित सुई लगाउँदै आएको छ । 

महिलामा प्रयोग गर्ने हर्मोन संगिनी सुई पशुमा प्रयोग गरेको भन्ने जानकारी आएकोले उक्त हर्मोन दीर्घकालीन मानव स्वास्थ्य पर्न जाने भएकोले यथासिघ्र सो कार्य बन्द गर्न अनुरोध गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए । 

उनले सो कार्य बन्द नभएमा वा नगराएमा कानुन बमोजिम कारबाही गरिने समेत बताएका छन् । उनले सुईबाट पाठामा तौल बढ्ने गलत भ्रम फैलाएकोले सो कार्य भएको बताए ।