close

६१ घरमा टिनको छानो छाउदै मदाने

६१ घरमा टिनको छानो छाउदै मदाने

Trulli
ADVERTISEMENT

गुल्मी । मदाने गाउँपालिकाले सुरक्षित आवास कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले खरको छानो विस्थापित गर्नको लागि सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार कार्यक्रम सञ्चालन गर्नको लागि पालिकाले १० दिने सूचना प्रकासित गरिसकेको छ । सुरक्षित नागरिक आवास समन्वय समितिकसँग चैत १४ गते बसेको बैठकले सो निर्णय गरेसँगै सो कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

कार्यक्रमको फोकल परसन दिल्लीराज भट्टराईका अनुसार चालू आर्थिक वर्षमा ६१ वटा घरमा सो कार्यक्रम सञ्चालन गरिने छ । उनले सुरक्षित र वातावरणमैत्री आवासको लागि गरिबीको रेखामुनी रहेका, प्रकोपका कारण घरबारविहिन भएका परिवारलाई टिनको जस्तापाता र काठ खरिदको लागि रकम वितरण गरिने बताए  । 

उनले कार्यक्रममा छनौट भएका व्यक्ति स्वयम्ले टिनको पाता छाएर पालिकामा आवेदन दिनु पर्ने बताए । 'जस्ताको पाता छाएपछि गाउँपालिकाको प्राविधिक टोलिले अनुगमन र मूल्यांकन गर्ने छ,' उनले भने, 'सोका आधारमा ७५००० रुपैया नगद वितरण गरिने छ ।'

उनले कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले चैतको २६ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिनु पर्ने बताए ।