close

लिखुपिकेमा वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन

लिखुपिकेमा वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन

Trulli
ADVERTISEMENT

सोलुखुम्बु। लिखुपिके गाउँपालिका १ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको उदघाट्न गरिएको छ । हल सहित जम्मा ८ कोठा रहेको भवनको लिखुपिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पा लगायत वडा अध्यक्षहरुले रिबन काटेर तथा पानसमा बत्ती बालेर मंगलबार उद्घाटन गरेका छन्। 

भवनको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले वडा कार्यालयले अब सम्पूर्ण काम एउटै छानामुनिबाट गर्ने अवसर पाएको बताइन्। साथै उनले फरक तरिकाबाट गाउँपालिकालाई समृद्धिको बाटोमा लान आफु पूर्ण रुपमा लागी परेको र यसमा सबै जनप्रतिनिधि,कर्मचारी लगायत गाउँपालिका बासीहरुको साथ चाहिने बताइन्। 

यस्तै, गाउँपालिका उपाध्यक्ष ङवाङ ल्हाक्पा शेर्पाले अघिल्लो कार्यकालमा आफु वडा अध्यक्ष हुँदा झोलामा कार्यलय बोकेर हिँडेको पिडा जोड्दै अब वडाका कामकाज गर्न सहर्ज हुने बताए।

जिल्ला समन्वय समिती सोलुखुम्बुको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेटमा करिब ७६ लाख बजेटमा उक्त भवन निर्माण गरिएको हो।