close

तुलसीपुरमा भूमिहिनको जग्गा नाप्न सुरु

तुलसीपुरमा भूमिहिनको जग्गा नाप्न सुरु

Trulli
ADVERTISEMENT

दाङ। तुलसीपुर उपमहानगरपालिकाले भूमिहिनको जग्गा नाप नक्साङ्कनको कार्य सुरु  गरेको छ ।

राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा उपमहानगरले मङ्गलवारदेखि जग्गा नाप्न सुरु गरेको हो । वडा नं ६ बाट नाप नक्साङ्कन कार्य सुरु गरिएको छ ।

राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई मध्येनजर गरी जग्गा नापजाँच कार्य अगाडि बढाइएको बताए। निस्सा वितरण भइसकेका र तथ्याङ्क प्रविष्ट गरिसकेका पालिकामा नापजाँचको काम अगाडि बढेको उनले बताए। 

छिटोभन्दा छिटो भूमिहिनको हातमा लालपुर्जा पुर्याउने उद्देश्यले आयोगले काम  अगाडि बढाएको भन्दै अध्यक्ष रेग्मीले सबै अधिकार गाउँ कार्यपालिकाको हातमा रहेकाले जग्गाको वर्गीकरणदेखि सार्वजनिक जग्गाको संरक्षणको जिम्मा पनि पालिकाको नै रहेको उल्लेख गरे। पालिकामा लगत प्रविष्टीकरण कार्यमा ढिलाई भएका कारण नापनक्साङ्कनको कार्यमा ढिलाई भएकाले कार्यान्वयनमा केही समस्या भएको उनको भनाइ थियो ।

उपमहानगरपालिका प्रमुख टिकाराम खड्काका अनुसार पालिकाभित्र अहिले २३ हजार तीन सय २६ जनाको तथ्याङ्क रहेको छ भने जिल्लामा ७६ हजार तीन सय सात जनाको निवेदन परेको छ ।