close

नगरपालिकाकाे सहयाेगमा महायज्ञ सुरु

नगरपालिकाकाे सहयाेगमा महायज्ञ सुरु

Trulli
ADVERTISEMENT

सल्यान । सल्यानको बागचौरमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण सुरु भएको छ । बागचौरमा जेष्ठ नागरिकको भवन निर्माणका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण आयोजना गरिएको हो ।

बागचौर नगरपालिकाको आर्थिक सहयोग र ज्येष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा आइतबारदेखि सुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण जेठको २० गतेसम्म संचालन हुनेछ ।

जेष्ठ नागरिक सेवा समाज नेपाल जिल्ला समिति सल्यानले ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी नगरपालिकाको आर्थिक सहयोगमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण लगाउन थालिएको हो । धर्म संस्कृतिको रक्षा गर्ने र सल्यानको सुन्दर नगरपालिकाको पहिचान गराउने उद्देश्य राखिएको बताइएको छ ।

विभिन्न धार्मिक कार्यक्रमहरुसहित धर्म प्रचार प्रसारमा बालक अवस्था देखि नै लागू भएको नेपालकै प्रथम सुर्यपाकी बाल यूवा सन्त परम तपस्वी परम् बिरक्ति विशिष्ट विद्वान स्वामी केशवाचार्यले श्रीमद् भागवत सप्ताह पूराण कथा वाचन गरिरहेका छन् । कार्यक्रम  नगरपालिका वडा नंम्बर २, बागचौरस्थित सेवा केन्द्र रहेको स्थानमा संचालन भएको छ ।

यसैबीच जेष्ठ नागरिक सेवा समाज बागचौरले महायज्ञमा सहभागी भएर कथा श्रवण गरि पूण्य आर्जन एवं टिका प्रसाद, पञ्चामृत ग्रहण गर्नुका साथै आफू स्वेच्छिक दान गर्नका लागि बागचौर लगायत पाएक पर्ने ठाउँका सम्पुर्ण आमा–बुबा, दाजुभाइ तथा दिदिबहिनी सम्पुर्णलाई निमन्त्रणा गरेको छ ।