close

स्थानीयसँग सुझाव माग

स्थानीयसँग सुझाव माग

Trulli
ADVERTISEMENT

पर्वत । मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम एवम् बजेटको लागि राय  सुझाव पेश गर्न अनुरोध गरको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै राय सुझाव पेश गर्न अनुरोध गरेको हो । 

गाउँपालिकाको अनुसार पालिका क्षेत्रको विकासको लागि स्थानीय बासिन्दाले रचनात्मक सुझाव दिन सक्ने छन् । गाउँपालिकाले विभिन्न लक्ष्यसहित बजेट निर्माण गर्न लागेको र सोहीका लागि सुझाव संकलन गर्न लागिएको हो । 

इच्छुक व्यक्तिले जेठ ३१ गतेभित्र रचनात्मक सुझाव दिन सक्ने छन् । गाउँपालिकाको इमेल आइडी वा टेलिफोनमा सुझाव टिपाउन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।