close

सप्तरीमा एक महिला सहित दुई जनाको मृत्यु

सप्तरीमा एक महिला सहित दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीमा छुटटाछुटटै घटनामा परी एक महिला सहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको राजबिराज नगरपालिका-९ बिहारपुर बस्ने मो.रजौलको श्रीमती अन्दजी  ३० वर्षीया  रुमी खातुनको मृत्यु भएको छ । आफ्नै घरको पानी धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागी घाइते भएकी उनलाई  उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ.माधव प्रसाद काफ्लेले बताए । 

कानुनबमोजिम प्रक्रिया पूरा गरी घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।

त्यसैगरी सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका – ६ मधेपुराका राजकुमार मण्डलको छोरा अदाजी ५ वर्षीय विशाल भन्ने विजयकुमार मण्डलको कलभटमा जमेको पानीमा डुबि मृत्यु भएको छ ।

मृतक मण्डलले घरदेखि १०० मिटर उत्तर  बाटोमा खेल्ने क्रममा कलभटमा जमेको पानीमा डुबि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र.ना.उ.माधव प्रसाद काफ्लेले बताए । 

सो घटनाको वारेमा निजको आमा बुबाले थाहा पाई मृत शरीर घरमा ल्याएर राखेको खबर प्राप्त हुना साथ  घटना स्थलमा प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटी गई लास जाँच मुचुल्कालगायतको पोष्टमार्टमा कार्य सम्पन्न भई  घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।