close

तिलोत्तमाको आव २०७९–०८० को नीति तथा कार्यक्रममा सार्वजनिक (पूर्णपाठसहित)

तिलोत्तमाको आव २०७९–०८० को नीति तथा कार्यक्रममा सार्वजनिक (पूर्णपाठसहित)

Trulli
ADVERTISEMENT

रुपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । 

बिहीबार नगरप्रमुख रामकृष्ण खाँणले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रममा सार्वजनिक गरेका हुन् । 

नीति तथा कार्यक्रममा सामुदायिक विद्यालय अध्ययनरत छात्रालाई सेनेटरी प्याड निःशुल्क गरिनुका साथै विषादीमुक्त खानपान, तिलोत्तमाको पहिचानजस्ता विषयलाई अघि सारिएको छ । 

ज्येष्ठ नागरिकको सहज र सम्मानपूर्वक जीवनयापनका लागि हरेक वार्डमा तिलोत्तमा चौपारी निर्माण गरिने उल्लेख छ ।

एक विद्यालय एक पुस्तकालय तथा ई–लाइब्रेरी स्थापना गर्न संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरिने र तिलोत्तमा नगरपालिकाभित्रका १२ सामुदायिक माध्यमिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागु भएकामा आगामी ५ वर्षमा सबै माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स कार्यक्रम विस्तार गरी संघ र प्रदेशसँग समन्वयात्मक पहल गरिने उल्लेख छ ।

प्रत्येक सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीमार्फत् घरपरिवारमा जनचेतना जगाई सफासुग्घर रहन कार्यक्रमलाई अझ प्रभावकारी बनाइने नीतिमा छ । 

हरेक महिनाको १ र १५ गतेका दिन सञ्चालन हुँदै आएको नगर सरसफाइ अभियानलाई अझै उत्साहका साथ निरन्तरता दिइने जनाइएको छ । 

सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको लागि यातायातको बढ्दो मागलाई ध्यानमा राखी प्राथमिकताको आधारमा विद्यालयहरूको साझेदारीमा आगामी आर्थिक वर्षमा कम्तीमा ३ वटा विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराइने उल्लेख छ । 

परदेशको ज्ञान तिलोत्तमाको माटोमा योगदान :

यस्तै, परदेशको ज्ञान तिलोत्तमाको माटोमा योगदान साथ वैदेशिक रोजगारबाट फर्केका तथा बेरोजगार युवालाई कृषि तथा पशुपालन तर्फ आकर्षित गर्नका लागि सामूहिक तथा व्यावसायिक योजनालाई प्रोत्साहन गरिने जनाइएको छ । त्यस्तैगरी नगरस्तरीय युवा परिषद् गठन गरी युवा स्वरोजगार कोष सञ्चालनमा ल्याइने नीति लिइएको छ ।

प्रत्येक वार्डमा एक एक वटा खेल मैदान र नगरमा रंगशालाको निर्माण गरिने र प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत एक विद्यालय एक विशिष्ट खेल कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गरिने जनाइएको छ ।

गहुँको बिउँमा अनुदानमा कार्यक्रमलाई निरन्तरता दिइने र खेलाडीहरूको जीवनस्तरको विकास गरिने उल्लेख छ । त्यस्तै नगरमा युवा सूचना केन्द्रको स्थापना गर्ने नीति छ । यस्तै नीति तथा कार्यक्रममा आर्थिक रूपमा विपन्न नगरबासीको स्वास्थ्य उपचारका लागि नगर प्रमुख नागरिक सहायता कोष स्थापना, स्वस्थ नगरबासी, स्वस्थ नगर नाराका साथ गुणस्तरीय स्वास्थ्यमा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गरिने उल्लेख छ।

यस्तै प्रत्येक वडामा दक्ष नर्ससहित प्रसूति सेवा उपलब्ध गराउने, वडा नं ६ को गोरकट्टा र वडा १७ वीपीग्रामको १५ शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालन गर्ने नीति अगाडि सारेको छ ।

तिलोत्तमा नगरस्तरीय ल्याब सेन्टर स्थापना, नगर प्रमुखसँग ज्येष्ठ नागरिक स्वस्थ्य जाँच निरन्तरता, नगरस्तरीय ब्लड बैंक स्थापनालाई निरन्तरता दिएको छ ।

शंकरनगर वन वाटिका तथा यहाँ निर्माण भएको तिलोत्तमा बहुउद्देश्यीय टावरलाई पर्यटन प्रवर्द्धनमा अधिकतम उपयोग गरी रोजगार तथा आय आर्जनमा टेवा पुर्‍याइने जनाइएको छ । शंकरनगर वनवाटिकामा रहेको सानो चिडियाघरलाई प्रादेशिकस्तरको चिडियाखाना बनाउन संघ र प्रदेश सरकारसँग साझेदारी गरिने उल्लेख छ ।

पूर्णपाठ