close

रामेछाप नगरपालिकाको बजेट ७४ करोड ६५ लाख रुपैयाँ

रामेछाप नगरपालिकाको बजेट ७४ करोड ६५ लाख रुपैयाँ

Trulli
ADVERTISEMENT

रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ करोड ६५ लाखर रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । 

नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्कीले आगामी आर्थक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकालाई समृद्ध बनाउने नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गरिएको बताइन् । 

बिहीबार नगरपालिकाको ११औं नगरसभामा बजेट सार्वजनिक गर्दै उनले विगतको भएको राम्रो कामलाई निरन्तरता दिएको बताउँदै नगरपालिकाको विकासका लागि केन्द्रीत गरेर बजेट ल्याइएको बताइन् । नगरपालिकाले महिलासँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।