close

वीरगञ्ज महानगरपालिकाको बजेट तीन अर्ब साढे ३३ करोड

वीरगञ्ज महानगरपालिकाको बजेट तीन अर्ब साढे ३३ करोड

Trulli
ADVERTISEMENT

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि तीन अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख इम्तियाज आलमले नगर सभाबाट आगामि आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

उपप्रमुख आलमका अनुसार चालुतर्फ २ अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार बजेट रहेको छ ।

महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको (वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत ) १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट (वित्तिय समानीकरण अनुदान, राजश्व बाँडफाँड, समपुरक, सशर्त र विशेष अनुदान समेत ) ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाएको छ ।

यस्तै क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख आउने अनुमान गरिएको छ । अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आर्थिक वर्षको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोर्ने उपप्रमुख आलमले जानकारी दिए ।