close

खार्पुनाथ गाउँपालिकाले ल्यायो ३६ करोड ८८ लाख रुपैयाँ बजेट

खार्पुनाथ गाउँपालिकाले ल्यायो ३६ करोड ८८ लाख रुपैयाँ बजेट

Trulli
ADVERTISEMENT

हुम्ला ।  खार्पुनाथ गाउँपालिकाले ३६ करोड ८८ लाख ६४ हजारको बजेट पारित गरेको छ। उपाध्यक्ष ज्ञानबहादुर सिंहद्वारा प्रस्तुत बजेटलाई गाउँसभाले पारित गरेको हो।

गाउँपालिका उपाध्यक्ष सिंहद्वारा प्रस्तुत बजेट भाषणमा आगामी आर्थिक वर्षका लागि कुल ३६ करोड ८८ लाख ६४ हजार ४५० रुपैयाँको बजेट सभाद्वारा पारित भएको हो।

यसमा कुल सभाद्वारा पारिद बजेटमा पुँजीगततर्फ १९ करोड तीन लाख ५० हजार बजेट विनियोजित भएको छ भने १७ करोड ८५ लाख १४ हजार ४५० चालु शीर्षकमा बजेट बिनियोजित गरिएको छ।