close

आठविसकोट नगरपालिकाको बजेट साढे ७६ करोड

आठविसकोट नगरपालिकाको बजेट साढे ७६ करोड

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम । आठविसकोट नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ६७ करोडन्दा बढीको बजेट पेस गरेको छ । नगरपालिकाको शुक्रबार सम्पन्न  प्रथम  नगरसभाबाट ६७ करोड, ६३ लाख २५  हजार ४ सय ५० रुपैयाँ बजेट प्रस्ताव गरेको हो ।

पालिकाले शुक्रवार आर्थिक वर्ष २०७९/०८० को नीति कार्यक्रम तथा बजेट नगरसभामा पेश गरेको छ । पहिलो नगरसभामा नगर प्रमुख रवि केसीले आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम पेश गरेका हुन् । 

प्रस्तुत नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन लाई पहिलो प्राथमिकता दिइएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, रोजगार, सडक, खानेपानी तथा सरसफाइ, सिँचाइ, युवा तथा खेलकुद, वन तथा वाताबरण, बिद्युत लगायतका कार्यक्रमहरु समावेश गरिएको छ । 

कुल विनियोजन रकममध्ये चालु तर्फ ४४ करोड ३३ लाख २५ हजार ४५० रुपैयाँ, पुँजीगततर्फ २३ करोड २९ लाख ९९ हजार ९९८ रुपैयाँ रकम विनियोजन गरिएको हो ।

कुल विनियोजन रकममध्ये संघीय समानीकरण अनुदानतर्फ १२ करोड १३ लाख रकम विनियोजन गरिएको छ । संघीय सरकारवाट राजश्व वाँडफाँडवाट प्राप्त हुन आएको रकम १३ करोड ६५ लाख २१ हजार, प्रदेश सरकारवाट  वित्तीय समानीकरणअनुदान एक करोड २१ लाख ७७ हजार, प्रदेश सरकारबाट राजश्व वाँडफाँटबाट प्राप्त हुन आएको रकम २० लाख ७७ हजार ४४८रुपैयाँ, संघीय सरकारबाट ससर्त अनुदान २२ करोड ८१ लाख, विशेष अनुदान २ करोड १० लाख र समपुरक अनुदान रकम १ करोड ६०लाख विनियोजन गरेको छ ।

त्यसैगरी प्रदेश सरकारको सर्सत अनुदान ७६ लाख ५० हजार र स्थानीय राजश्व वाँडफाँट तथा स्रोत परिचालन गरी आन्तरिक आयतर्फ ३ करोड ८५ लाख  अनुमान गरिएको छ ।