close

काठमाडौं महानगरको आव २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित

काठमाडौं महानगरको आव २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित भएको छ । 

शुक्रबार नगरसभामा छलफलमा उठेका प्रस्ताव संशोधनसहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साह (बालेन)ले प्रतिबद्धता व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको हो ।आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषय छलफल भएको थियो ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ । जसमा आन्तरिक आयतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ । आर्थिक विधेयकमा कर, शुल्क दस्तुरसहित आन्तरिक आयको विषय रहेको हुन्छ ।