close

फलेनीका १७ घर पहिरोको जोखिममा

फलेनीका १७ घर पहिरोको जोखिममा

Trulli
ADVERTISEMENT

लमजुङ । दोर्दी गाउँपालिका-७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालयको भवन र फलेनी बस्ती पहिरोको जोखिममा रहेको छ ।

फलेनीको उपल्लो मासखर्कमा रहेको ७ नम्बर वडा कार्यालय, विद्यालय र २ घर उच्च जोखिममा रहेको वडा नम्बर ७ की वडा सदस्य गंगा गुरुङले जानकारी दिइन्  ।

उनका अनुसार  गत जेठ २३ गतेयता निरन्तर वर्षा हुँदा थप पहिरो जान थालेसँगै पहिरोले वडाको भवन र विद्यालयमा क्षति पुर्‍याएको छ । 

असार लागेपछि आजसम्म आइपुग्दा पानी पर्ने क्रम बढ्दै आएको र पहिरो पनि बढ्न थालेकाले सेवा प्रवाहसमेत डराइडराइ दिने गरिएको वडाका कर्मचारीहरू बताउँछन् । 

पहिरोले वडा कार्यालयसँगै रहेको महेन्द्र ज्योति प्राविको कक्षाकोठासम्म भल पसेको छ । लप्सीबोट जाने सडकबाट पहिरो झरिरहेको छ भने केही दिनअघि गएको पहिरोले विद्यालयको तारजाली पुरेको छ।